images
images

आधा घट्यो इन्धन आयात, यस्तो छ भारतमा भन्दा नेपालमा महँगो हुनुको कारण


  • 746
    SHARES
  • २०७९ पौष ११ गते सोमबार

    आधा घट्यो इन्धन आयात, यस्तो छ भारतमा भन्दा नेपालमा महँगो हुनुको कारण

    काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिना (साउन–मङ्सिर)मा इन्धन आयात ११ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार पाँच महिनाको अवधिमा ८९ अर्ब ३० करोड ९६ लाख छ हजार रुपियाँ बराबरको ९ लाख ८८ हजार ९२८ किलोलिटर (डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन, ग्यास) आयात भएको छ ।

    अघिल्लो वर्ष सो अवधिमा १ खर्ब ९८ करोड ८२ लाख ९८ हजार रुपियाँ बराबरको २० लाख ५५ हजार ५ सय ९३ किलोलिटर इन्धन आयात भएको थियो । इन्धन आयात परिमाणमा आधाभन्दा बढीले घटेको छ । 

    निगमका प्रवक्ता विनीतमणि उपाध्यायले इन्धनको खपत कम हुँदा आयातमा कमी आएको जानकारी दिए । विकास निर्माणको काम नहुँदा इन्धन खपतमा कमी आएको उनले बताए । भारतमा भन्दा नेपालमा इन्धनको मूल्य महँगो भएका कारण पनि खपतमा कमी आएको उनको भनाइ छ । 


    images

    Logo