images
images

बाराको जगदम्बा स्टील्स उद्योगमा आगलागी, दुई मजदुरको मृत्यु, तीन घाइते


  • 801
    SHARES
  • २०७८ आषाढ ५ गते शनिबार

    बाराको जगदम्बा स्टील्स उद्योगमा आगलागी, दुई मजदुरको मृत्यु, तीन घाइते

    बारा । बाराको जगदम्बा स्टील्स उद्योगमा भएको आगलागीमाा परेर दुई मजदुरको ज्यान गएको छ । अन्य तीन मजदुर घाईते भएका छन् । आगलागीमा परेर दुई भारतीय मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जीतपुर सिमरास्थित जगदम्बा स्टील्समा शनिबार राति पेट्रोल र डजेल भण्डारण गर्ने ट्यांकी वेल्डिङ गर्ने क्रममा आगलगी भएको बताइएको छ । मृत्यु हुनेमा भारत विहार पश्चिम चम्पारणका ४० वर्षीय प्रदीप गौड र ४५ वर्षीय रामनाथ महतो रहेका छन् ।

    दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । आगलागीबाट के कति भौतिक क्षति भयो भन्ने जानकारी आउँन बाँकी छ । 


    images

    Logo