images
images

महाकालीमा पानीको बहाव यस वर्षकै उच्च, सतर्क रहन आग्रह


  • 567
    SHARES
  • २०७८ आषाढ ६ गते आइतबार

    महाकालीमा पानीको बहाव यस वर्षकै उच्च, सतर्क रहन आग्रह

    महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव आज २ लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली नदीमा पानीको बहावमा उतारचढाव आइरहेको छ । 

    मध्यरातमा पानीको बहाव २ लाख ६७ हजार क्युसेकसम्म पुगेको  इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक जीवन गुरुङले यो यस वर्षकै उच्च बहाव हो भनि बताए। महाकालीमा आएको बाढीका कारण भीमदत्त नगरपालिका–१२ ऐरीघाटमा स्थानीयवासी छ सोनाह परिवार विस्थापित भएका छन् ।

    विस्थापितलाई जनता प्राविमा आश्रय दिएको छ । स्थानीय खोला थुनिदा छेउछाउका बस्ती जलमग्न भएका कारण स्थानीय प्रशासनले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

    त्यसैगरी महाकालीमा आइरहेको बाढीले दुई दिनदेखि नदीमा निर्माणाधीन चार लेनको पक्की पुलका संरचना भत्काउन थालेको छ । रु ३ अर्ब ६७ करोडको लागतमा निर्माणाधीन पुलको पहुँचमार्ग भत्काउनुका साथै बाढीले दोधारा चादँनीसित जोड्ने अस्थायी बाटोसमेत अवरुद्ध गराएको छ ।

    त्यसैगरी पुलअन्तर्गत महाकालीमा निर्माण गरिएको टापु (आइल्याण्ड) समेत बगाएको पुल निर्माण कम्पनीले जनाएको छ । कुमार–सिएसइसी जेभीका इञ्जीनियर किशोरराज पाण्डेयले पुल संरचनामा बाढीले क्षति पुग्दा करोडौ रकम बराबरको नोक्सान भएको बताए । गत जेठमा पनि बाढी आउँदा रु तीन करोडभन्दा बढीको क्षति भएको र त्यसले कालोपत्र गर्न स्थापना गरिएको प्लान्ट नै बगाएको बताए ।

    उनले अहिले पनि पहुँचमार्ग, टापुलगायतका संरचनामा बाढीले क्षति पु¥याएको बताउँदै तत्काल निर्माणको काम प्रभावित हुने बताए । अस्थायीरूपमा क्षति कम होस् भनेर तारजाली ढुङ्गा भरान गरिरहेको भए पनि पानीको बहाव बढिरहँदा समस्या भएको छ ।


    images

    Logo