images
images

एनआईसी एशिया लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाँहिन्छ शैक्षिक योग्यता ? 


  • 478
    SHARES
  • २०७९ पौष २० गते बुधबार

    एनआईसी एशिया लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाँहिन्छ शैक्षिक योग्यता ? 

    काठमाडौं । एनआईसी एशिया लघुवित्तले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । लघुवित्तले बुधबार एक सुचना जारी गर्दै २४ जना कर्मचारी माग गरेको हो । 

    संस्थाले नायव कार्यकारी प्रमुख, सहायक प्रमुख कार्यकारी प्रमुख अधिकृत, सहायक प्रबन्धक (व्यवस्थापकिय श्रेणी),कनिष्ठ अधिकृत, वरिष्ठ अधिकृत पदमा १ जनाका दरले कर्मचारी माग गरेको छ ।

    त्यस्तै, सहायक प्रबन्धक (प्रदेश प्रमुख) पदमा २ जना, कनिष्ठ अधिकृत र सुपरभाईजर (आन्तरिक लेखापरिक्षण तथा जोखिम व्यवस्थापन) पदमा ९ जना, कनिष्ठ अधिकृत तथा सुपरभाइजर (आन्तरिक लेखापरिक्षण) पदमा ६ जना र कनिष्ठ अधिकृत (कानुन विभाग) पदमा १ जनाका दरले कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि आवेदकले मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नात्तक तह उत्तिण गरेको हुनुपर्ने जनाएको हो ।

    इच्छुक व्यक्तिले  माघ ४ गते सम्ममा संस्थाको वेवसाईट मार्फत आवेदन दिन सक्नेछन् ।

    322706200_2666095486860516_4201093611863373281_n.jpg

     

     


    images

    Logo