images
images

चर्को हवाई भाडा लिएको सम्बन्धमा छानविन गर्न समिति गठन


  • 1.1K
    SHARES
  • २०७८ आषाढ ७ गते सोमबार

    चर्को हवाई भाडा लिएको सम्बन्धमा छानविन गर्न समिति गठन


    काठमाडौं । अन्तर्राष्ट्रिय उडानका लागि ट्राभल एजेन्सीले चर्को भाडा असुलेको गुनासो यात्रुबाट बढेपछि सरकारले छानविन समिति गठन गरेको छ । सरकारले अन्तर्राष्ट्रिय नियमित उडान रोकेर चार्टर्ड उडानलाई नै प्रोत्साहन गरेको छ ।

    यसैको मौका छोपेर केही ट्राभल एजेन्सीले चर्को भाडा असुलेपछि सरकारले छानविन समिति गठन गरेको हो । संस्कृत पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयल नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन भएको हो ।

    मन्त्रालयले गुनासोबारे छानविन गरि सम्बन्धित निकायमा आवश्यक कानूनी कारवाहीको सिफारिस गर्न समितिलाई सुझाइएको छ । सरकारले १९ वैशाखबाट टर्की र कतारमा नियमित उडान खोलेको छ । भारतमा यसअघि पनि उडान खुला थियो । 


    images

    Logo