काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै तेस्रो मुलुक जान नपाइने भएको छ । अर्को मुलुकबाट आएका व्यक्तिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई ट्रान्जिटकोृ रुपमा प्रयोग गरेर तेस्रो मुलुकमा जान रोक लगाइएको हो ।
नयाँ भेरियन्ट कोभिड–१९ को बढ्दो जोखिमलाई दृष्टिगत गरी यही वैशाख १५ गते मध्यरातदेखि लागू हुने गरी उक्त विमानस्थलबाट अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाइएको अध्यागमन विभागले जनाएको छ ।
त्रिभुवन विमानस्थललाई अन्तिम गन्तव्य बनाएर विदेशबाट आउन तथा उक्त विमानस्थलबाट विदेश जान पाउने व्यवस्थामा भने कुनै फेरबदल नगरिएको पनि उक्त विभागले जनाएको छ ।