images
images

पालुन खोला हाईड्रोपावरले आईपीओ जारी गर्दै, विक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त


  • 435
    SHARES
  • २०७९ पौष २४ गते आइतबार

    पालुन खोला हाईड्रोपावरले आईपीओ जारी गर्दै, विक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

    पालुन खोला हाईड्रोपावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले कुल १९ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । 

    कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक लागि प्रभु क्यापिटल लिमिटेडलाई  नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता आईतबार सम्पन्न भयो । सम्झौतामा पालुन खोला हाईड्रोपावर कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष पुष्प ज्योति ढुंगाना तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् । 

    पालुन खोला हाईड्रोपावर कम्पनी लिमिटेडले ताप्लेजुङ्ग जिल्लाको मिखवा गाउपालीकामा अवस्थित पालुन खोलामा २१ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । 


    images

    Logo