images
images

प्रदेश सरकारले उच्चशिक्षा ऐन ल्याउँदै, प्रत्येक जिल्लामा विश्वविद्यालय खोल्न सकिने


  • 632
    SHARES
  • २०७८ बैशाख १४ गते मंगलबार

    प्रदेश सरकारले उच्चशिक्षा ऐन ल्याउँदै, प्रत्येक जिल्लामा विश्वविद्यालय खोल्न सकिने

    काठमाडौं । वाग्मती प्रदेश सरकारले तत्कालै उच्च शिक्षा ऐन ल्याउन लागेको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अब बस्ने बैठकमा नै प्रदेश उच्चशिक्षा ऐन प्रस्तुत हुने जानकारी दिए ।

    हेटौँडा उपमहानगरपालिकास्थित भुटनदेवी माध्यमिक विद्यालयको नवनिर्मित भवनको हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री पौडेलले ऐनमा खुला विश्वविद्यालयदेखि हरेक जिल्लामा एउटा विश्वविद्यालय खोल्न सकिने प्रावधान समेत समेटिने बताए । ‘अब डेस्क, बेञ्च मात्रै होइन, कुनै पनि प्रकारका भौतिक संरचनाको कमी छैन, यस्तो अवस्थामा शिक्षाको गुणस्तर वृद्धिमा लाग्ने हो’, पौडेलले भने ।

    हेटौंँडामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत नर्स, हेल्थ असिस्टेन्ट तथा चिकित्सक उत्पादन गर्ने गरी अध्यापन प्रारम्भ हुने क्रममा रहेको बताउँदै उनले भुटनदेवी विद्यालयमा इञ्जिनीयरिङको स्नातक कक्षा सञ्चालनमा सहयोग गरिने जानकारी दिए ।  

    बालविकास शिक्षकलाई साढे सात हजार थप

    उपमहानगरपालिकाले बालविकास केन्द्र (इसिइडी) मा कार्यरत शिक्षकलाई सरकारले उपलब्ध गराएको पारिश्रमिकमा मासिक साढे सात हजार रुपैयाँ थप गर्ने निर्णय गरेको छ । 

    उपमहानगरको सोमबारको कार्यपालिका बैठकले इसिडीमा कार्यरत शिक्षकलाई मासिक ७ हजार ४ सय ४० थपेर दिने निर्णय गरेको हो । सरकारले इसिडीमा कार्यरत शिक्षक तथा सहयोगी कार्यकर्तालाई मासिक ६ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउँदै आएको छ । 

    इसिइडी शिक्षकको पारिश्रमिक अत्यन्तै न्यून भएकाले उपमहानगरपालिकाका तर्फबाट रकम थप गरिएको प्रमुख हरिबहादुर महतले बताए । समुदायस्तरमा बालबालिकाको विकास र प्रवद्र्धनका लागि प्रारम्भिक बालविकास केन्द्रअन्तर्गत हाल कार्यरत शिक्षक÷ सहजकर्तालाई प्रदान गरिँदै आएको मासिक पारिश्रमिकमा वृद्धि गरी श्रम ऐनको प्रावधानबमोजिम मासिक १३ हजार ४ सय ५० रुपैयाँ पु¥याइएको उनको भनाइ थियो । 

    उपमहानगरपालिकाका १९ वटा वडामा रहेका प्रारम्भिक बाल विकास केन्द्रमा ९५ शिक्षक तथा सहयोगी कार्यकर्ता कार्यरत छन् । उनीहरुले आगामी जेठ १ गतेदेखि थपिएको तलब पाउने जनाइएको छ ।


    images

    Logo