images
images

सुपर हेवा पावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धमा लक्ष्मी क्यापिटल नियुक्त


  • 579
    SHARES
  • २०७९ पौष २६ गते मंगलबार

    सुपर हेवा पावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धमा लक्ष्मी क्यापिटल नियुक्त

    काठमाडौं । सुपर हेवा पावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ११ करोड ५४ लाख ३६ हजार रुपैयाँ बराबरको ११ लाख ५४ हजार ३ सय ६० कित्ता आईपीओ निष्काशन गर्न ललागेको हो । 

    उक्त आईपीओ निष्काशनका लागि कम्पनीले बिक्री प्रबन्धमा लक्ष्मी क्यापिटललाई नियुक्त गरेको छ । मंगलवार कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको हो । उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सुपर हेवा पावर कम्पनीको तर्फबाट अध्यक्ष हर्क बहादुर तामाङले हस्ताक्षर गरेक छन् ।  

    सुपर हेवा पावर कम्पनीको संखुवासभा जिल्लाको चैनपुर नगरपालिकामा ६ मेगावाट क्षमताको जलबिद्युत आयोजना निर्माणाधिन अवस्थामा रहेको छ ।

     


    images

    Logo