images
images

अब विदेशी मुद्राको विनियम दर दिनको २ पटक प्रकाशित हुने, जुन देशबाट रेमिट्यान्स पठाए पनि मूल्यमा एकरुपता


  • 658
    SHARES
  • २०७८ आषाढ ८ गते मंगलबार

    अब विदेशी मुद्राको विनियम दर दिनको २ पटक प्रकाशित हुने, जुन देशबाट रेमिट्यान्स पठाए पनि मूल्यमा एकरुपता

    काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीलाई थप कडाइ गरेको छ । राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गर्दै विदेशी विनिमयदर र कारोबारमा थप कडाइ गरेको हो । अब राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर दिनमै दुई पटक प्रकाशित गर्नुपर्नेछ भने जुन देशबाट रेमिट्यान्स पठाएपनि विनियम दर एउटै हुनेछ । 

    राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै फेडान (फोरिजन एक्चेन्ज डिलर एसोसिएशन अफ नेपाल) मार्फत् राष्ट्र बैंक प्रकाशित हुने सम्पूर्ण विदेशी विनिमयदर अनुसारनै कारोबार गर्न बैंक तथा वित्तीय संस्था र रेमिट्यान्स कम्पनीलाई निर्देशन दिएको हो । यस्तो विनियम दर बिहान १० बजे र दिउँसो २ बजे दिनको दुई पटक प्रकाशित गर्नुपर्नेछ । 

    राष्ट्र बैंकले गरेको उक्त व्यवस्था अनुसार अब फेडानले प्रकाशित गर्ने विनिमयदर अनुसार सबै रेमिट्यान्स कम्पनीहरूले विदेशमा रहेका नेपालीको पैसा पठाउनु पर्नेछ ।

    यसअघि विभिन्न रेमिट्यान्स कम्पनीहरुले भिन्न भिन्न रेटमा विदेशी मुद्रा सटही गरी रेमिट्यान्स पठाउने  गरेका थिए । यो परिपत्रले अब विभिन्न मुलुकबाट पठाउने विनिमय दरमा एकरुपता आउने राष्ट्र बैंकले जानकारी दिएको छ । 
    यो परिपत्र अनुसार अब राष्ट्र बैंकले फेडानले प्रकाशित गर्नेे विदेशी मुद्राहरुको औषत खरिद दर तय गरी प्रत्येक दिन बिहान १० बजे र २ बजे प्रकाशित गर्नेछ । जसमा फेडानले नेपाली रहेका सम्पूर्ण देशको मुद्राको विनिमयदर प्रकाशित गर्नु पर्नेछ । सोही दरलाई आधार मानेर अब बैंक तथा वित्तीय संस्था र रेमिट्यान्स कम्पनीहरुले विप्रेषण कारोबार गर्नु पर्नेछ । 

    यसका साथै राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरुलाई आफ्ना एजेण्टसँग नगद धरौटी लिन नपाउने व्यवस्था समेत गरेको छ । 


    images

    Logo