काठमाडौं । सांग्रिला डेपलभमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै ४ जना कर्मचारी माग गरेको हो । बैंकले रिकभरी अफिसर पद अन्र्तगत एसआर एसिस्टेन्ट, सुपरवाईजर र जेआर अफिसर पदमा ३ जना कर्मचारी माग गरेको छ ।
त्यस्तै, प्रधान कार्यालय बालुवाटार, काठमाडौंको लागि सुपरभाइजर र जेआर अफिसर पदमा १ जना कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि कम्तिमा स्नात्तक देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।
इच्छुक व्यक्तिले माघ १३ गते सम्ममा संस्थाको वेवसाईट मार्फत आवेदन दिन सक्नेछन् ।
