काठमाडौं । राष्ट्रिय विपद् जोखीम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले इन्जिनियर र सब–इन्जिनियर करारमा ४६ जना कर्मचारी माग गरेको छ । गत कात्तिक २३ मा डोटीमा गएको भूकम्पबाट क्षतिग्रस्त संरचना मर्मत तथा पुनर्निर्माणका लागि ४६ जना प्राविधिक लिने भएको हो।
प्राधिकरणले शनिवार जारी गरेको सूचनाअनुसार सिभिल, जनरल, बिल्डिङ एन्ड आर्किटेक्ट र हाइवे विषयमा १६ जना इन्जिनियर लिइने छ। यस्तै सोही विषयका ३० जना सब–इन्जिनियर लिइने प्राधिकरणले जनाएको छ ।
डोटी, अछाम र बझाङमा काम गर्नेगरी प्राधिकरणले ३ महिनाको करारमा इन्जिनियर र सब–इन्जिनियर मागेको हो। प्रभावित क्षेत्रका बासिन्दालाई प्राथमिकता दिने सूचनामा उल्लेख छ। उक्त इच्छुक व्यक्तिले यो सुचना प्रकाशन भएको मितिले ७ दिन भित्र आवेदन दिनुपर्ने प्राधिकरणले जनाएको छ ।



