images
images

एक दशकको प्रयासमा पनि फेरिन नसकेको वाग्मती नदी


  • 707
    SHARES
  • २०७९ माघ ३ गते मंगलबार

    एक दशकको प्रयासमा पनि फेरिन नसकेको वाग्मती नदी

    काठमाडौं । वाग्मती सरसफाई महाअभियानको ५०५ हप्ता लाग्नेबेला हँुदा पनि वाग्मती फोहोरबाट मुक्त भने हुन सकेको छैन । प्रसिद्ध धार्मिकस्थल पशुपतिको प्रांगणबाट बग्ने वाग्मती पवित्रतासँगै प्लास्टिकजन्य फोहोर र कुहिने फोहोरको दुर्गन्ध पनि लिएर बहन बाध्य बनाइएको छ । 

    नजिक नै नपुगी गन्धलेनै नजिक छ भनेर आभास दिन सक्ने वाग्मतीमाथि सरसफाइका नाममा विभिन्न शस्त्रअस्त्र छोडिए पनि हेर्दा भने उपलब्धि शून्य नै देखिन्छ । वाग्मती सरसफाइको जिम्मेवारी पाएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले पनि नदी किनारमा उद्यान बनाएर मात्रै सफा हुन्छ सोचेर हो वा झारा टार्ने मेलो मात्र गर्न हो सरसफाइ बाहेक अन्य क्रियाकलापलाई बढी प्राथमिकता दिएको देखिन्छ । 

    आउँछन्, ताली बजाउँछन्, फोटो खिच्छन्, जान्छन् अनि कसरी सफा होओस् त, भनेर स्थानीय आक्रोश पोख्छन् भने सफा गर्याे अर्काेपटक जाँदा जस्ताको तस्तै हुन्छ, स्थानीय तहले निगरानी नगरेको र आफूलाई सजाय दिने अधिकार नभएको भनेर पन्छिन खोज्छ अधिकार सम्पन्न समिति। फोहोर फाल्दै गरेको भेटिएमा जरिवाना र सजायको भागिदार बन्नुपर्ने नियम बनाइएतापनि लुकिछिपि, राति आएर फोहोर फाल्ने गरेका स्थानीय बताउँछन् । फोहोर संकलन गर्न समयमै जाँदा पनि तरकारी व्यबसायी लगायत अन्य स्थानीयले पनि पैसा जोगाउन फोहोर नदीमा फाल्ने गरेको भन्दै वाग्मती बहने क्षेत्रका जनप्रतिधि अरुको गल्ती औंल्याउँछन् । 

    सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिएको भएतापनि फोहोर फाल्ने क्रियाकलाप भने बन्द हुने छाँटकाँट देखिँदैन । कसैले फोहोर फाल्दै गरेको देखेर स्थानीयले गाली गर्दा फोहोर समयमा लिन नआउने, आए पनि प्राय आफू नभएको समयमा आउने कारणले फोहोरको व्यवस्थापन गर्न नदीमा फाल्नुपर्ने बाध्यता बताउने गरेका उनीहरु बताउँछन् । 

    एकअर्कामाथि दोष थोपर्ने र आफू पानीमाथिको ओभानो बन्न खोज्ने प्रवृत्तिले गर्दा वाग्मती फोहोरबाट नभइ सफाइबाट चाहिँ मुक्त भइरहेको छ । 




    images

    Logo