काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम प्रक्षेपण गरेको छ । मंगलबारको पूर्व अनुमान अनुसार प्रदेश नं १, प्रदेश नं २ को विभिन्न क्षेत्र एवं अन्य पहाडी भू–भागमा समेत आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।
महाशाखाका अनुसार मंगलबार देशको पहाडी भूभागका एक÷दुई स्थानमा अपराह्न पछि मेघगर्जन, चट्याङ्ग, हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना छ । मंगलबार राति भने देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।
त्यस्तै, बुधबार र बिहीबार पनि प्रदेश नं १, प्रदेश नं २ लगायतका देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ । देशका पहाडी भूभागका थोरै स्थानमा अपराह्नपछि मेघगर्जन, चट्याङ्ग, हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
बुधबार राति यसबाहेक गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना छ ।


