काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्ताको कोषमा जम्मा भएको रकम लिन ६० वर्ष कुर्नु नपर्ने भएको छ ।रोजगारकर्ताले अवकास पाएको बखत मै उक्त कोषमा जम्मा भएको रकम झिक्न पाउने छन् ।
कोषले अवकास सुविधा योजानमा जम्मा भएको रकम प्रतिफल (ब्याज)सहित फिर्ता पाउने व्यवस्था गरेको हो । यस्तो रकम जुनसुकै समयमा जागिरबाट अलग हुँदा सबै रकम झिक्न पाउने व्यवस्था कोषले गरेको गरेको हो ।
कोषले यसरी रकम प्राप्त गर्न १५ वर्ष योगदान गर्नैपर्ने व्यवस्थालाई परिमार्जन गर्दै जतिसुकै अवधिसम्म योगदान रकम जम्मा भएमा पनि निवृत्तभरण योजनाको रकमसेमत निवृत्तभरण नलिइ एकमुष्ठ लिन चाहेमा पाउने व्यवस्था गरेको छ ।
यस अघि ६० वर्ष नपुगी निवृत्तिभरणको रकम निकाल्न नपाइने, रोजगारी छोड्दा पनि निवृत्तभरण योजनाअन्तर्गतको रकम निकाल्न ६० वर्ष पर्खर्नुपर्ने अन्य कोषमा नहेको पुरानो रकमसमेत कोषमा अनिवार्य ल्याउनुपर्ने भन्ने व्यवस्था हल्ला मात्रै भएको उल्लेख गरेको छ ।
कोषको रकम निकाल्न ६० वर्ष नै पर्खनुपर्ने र योगदानको सावा र रकम नै नपाइने भन्ने हल्ला निराधार भएको पनि कोषले बिहीबार (१० असार)मा एक विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।


