images
images

९ महिनामा कमायो कृषि विकास बैंकको नाफा २ अर्ब ७ करोड, निक्षेप संकलन १ खर्ब ४५ करोड


  • 614
    SHARES
  • २०७८ बैशाख १४ गते मंगलबार

    ९ महिनामा कमायो कृषि विकास बैंकको नाफा २ अर्ब ७ करोड, निक्षेप संकलन १ खर्ब ४५ करोड

    काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कृषि विकास बैंकको खुद नाफा २ अर्ब ७ करोड रुपैयाँले बढेको छ । बैंकले गत आवको चैत मसान्तमा २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा गरेको थियो । जुन चालु आवको सोही अवधिमा १.३९ प्रतिशतले बढी हो । सो अवधिमा १ अर्ब ४३ करोड १९ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको उल्लेख गरेको छ ।

    बैंकले गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा निक्षेपतर्फ १.२१ प्रतिशतले र कर्जा प्रवाहतर्फ १९.७७ प्रतिशतले वृद्धि गरेको छ । बैंकले चालु आवको चैत मसान्तसम्म १ खर्ब ४५ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४५ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

    बैंकले ४ अर्ब ४२ करोड ८६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १.५३ प्रतिशतले बढी हो । सो अवधिमा बैंकको सञ्चालन आम्दानी भने ३.३३ प्रतिशतले वृद्धि भएको छ । गत आवको चैत मसान्तसम्म ६ अर्ब २ करोड ५८ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा ६ अर्ब २२ करोड ६७ लाख रुपैयाँ पुर्याएको छ ।

    सो अवधिमा बैंकको खराब कर्जा अनुपात, ३.०८ प्रतिशत, बेसरेट ७.४८ प्रतिशत, स्प्रेडरेट ४.३५ प्रतिशत, प्रतिशेयर आम्दानी २२ रुपैयाँ १९ पैसा, प्रतिशेयर मूल्य २ सय २६ रुपैयाँ ४७ पैसा, तरलता अनुपात २०.०५ प्रतिशत र पुँजी कोष अनुपात २१.१० प्रतिशत रहेको छ ।


    images

    Logo