काठमाडौं । काठमाडौं महानगरपालिको नगदसभाबाट पारित बजेटले करमा ९० प्रतिशतसम्म छुट दिएकोपछि होटल संघ नेपालले धन्यवाद दिएको छ । संघले आज एक प्रेस विज्ञप्ती जारी गरेर कर छुट दिएको विषयमा खुशी व्यक्त स्वागत गरेको हो ।
हिजो बिहीबार सम्पन्न काठमाडौ महानगरपालिकोको नगरसभाले अतिप्रभावित होटल उद्योगको पुनरुत्थान गर्न सम्पत्तिकरमा भारी छुट उपलब्ध गराएको छ । कोभिड–१९ को विषम परिस्थितिमा अतिप्रभावित भई विस्तारै लयमा फर्कन लागेको होटल तथा पर्यटन उद्योग दोस्रो लहरको कोभिड–१९ ले संकटग्रस्त अवस्थामा पुगिसकेको समयमा गत वर्षभन्दा थप गरी छुट प्रदान भएकोले संघले राहत महसुस गरेको छ ।
काठमाडौं महानगरपालिकाले होटल संघ नेपालको सुझावलाई मनन गरी गत वर्ष ७५ प्रतिशत र समयमै कर बुझाउनेलाई १० प्रतिशत गरी जम्मा ८५ प्रतिशत छुट उपलब्ध गराएको थियो ।
कोभिड–१९ को यस अवस्थामामा होटल तथा पर्यटन उद्योग पूर्ववत रुपमा फर्कन अझै ५ वर्ष लाग्ने विज्ञहरुले प्रक्षेपण गरेको समयमा यस उद्योगको संरक्षण र सम्वद्र्धनका लागि आव २०७८÷७९ को लागि काठमाडौं महानगरपालिकाले होटलहरुले बुझाउनु पर्ने सम्पत्ति करमा ८० प्रतिशत र २०७८ पुस मसान्तसम्ममा सम्पत्तिकर चुक्ता गरे थप १० प्रतिशत गरी ९० प्रतिशत कर छुट दिने व्यवस्था गरेको छ ।


