काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको ब्रान्च मेनेजर कन्फ्रेन्स सम्पन्न भएको छ । कम्पनीले नगरकोट स्थित एक होटलमा आयोजना गरेको तीन दिने उक्त कन्फ्रेन्स मंगलवार सकिएको हो । उक्त सम्मेलनमा कम्पनीको उच्च व्यवस्थापनको कर्मचारीहरु, शाखा कार्यालयका प्रमुखहरु तथा मार्केटिङ शाखाका गरी १ सय ५० सहभागी थिए ।
उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशील देव सुवेदीले नयाँ बीमा ऐन २०७९ जारी भएपछि प्राधिकरणले बीमा संग सम्वन्धित हरेक विषयलाई कानुनी रुपमा नै नियमन गर्न सक्ने फराकिलो दायरा तय भएको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले बीमा व्यवसाय प्रतिष्पर्धात्मक र जटिल हुँदै गइरहेको भन्दै यस्तो स्थितिमा आफ्नो दक्षता, मिहिनेत र आपसी समन्वयबाट कम्पनीको व्यवसायिक लक्ष्य हासिल हुने बताए । कम्पनीलाई बीमा बजारको अग्र स्थानमा उभ्याउन सबैले निर्धारित जिम्मेवारी पूरा गर्नुपर्नेमा खत्रीको जोड थियो ।
कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक प्रज्वल सायमीले केन्द्रीय कार्यालयबाट सम्पन्न गरिने विभागीय काम कारबाही शाखा कार्यालयको भूमिकाका बारेमा प्रस्तुति दिएका थिए ।


