images
images

श्रम मन्त्रालयले सुरु गर्यो ‘श्रमाधान’, टीआईएको श्रम डेक्स हट्यो


  • 381
    SHARES
  • २०७९ माघ १७ गते मंगलबार

    श्रम मन्त्रालयले सुरु गर्यो ‘श्रमाधान’, टीआईएको श्रम डेक्स हट्यो

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘श्रमाधान’ नामक कार्यक्रम सञ्चालनमा ल्याएको छ । नेपालभित्र र बाहिर रहने श्रमिकसँग सम्बन्धित सम्पूर्ण जिज्ञासा र समस्याहरुलाई एकद्वार प्रणालीबाट समाधान गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको हो । यो २४ घण्टे कल सेन्टरको रुपमा ल्याइएको मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा श्रममन्त्री डोलप्रसाद अर्यालले उक्त कार्यक्रमबारे जानकारी गराएका छन् । 

    श्रमाधानलाई ६ महिनाभित्रै मोबाइल एप्लिकेसनको रुपमा रुपान्तरण गरिने र उक्त एप्लिकेसनबाटै सबै समस्याको समाधान गर्ने अवधारणा समेत मन्त्रालयले तय गरेको छ । साथै, श्रमसम्बन्धी सम्पूर्ण कामहरु समयमै पूरा गर्न सम्पूर्ण कार्यहरुको टाइम कार्ड लागू गर्ने समेत मन्त्रालयले जनाएको छ । 

    मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कक्षमा वैदेशिक रोजगारीमा जानेहरुको लागि छुट्टै डेस्क रहेकोमा आइतबारदेखि नै डोमेस्टिक डेस्कबाट नै सञ्चालन हुने व्यवस्था मिलाएको समेत जानकारी दिएको छ । यसबाट श्रम गर्न विदेश जाने नेपालीहरुले विमानस्थलमा महशुस गर्नुपर्ने अपमानजनक अवस्थामा सुधार हुने मन्त्रालयको विश्वास छ । 

    साथै मन्त्रालयले अपाङ्ग तथा अशक्त नागरिकहरुलाई सहज रुपमा सिंहदरवार प्रवेशका लागि अपाङ्गता परिचयपत्रका आधारमा प्रवेश सहजीकरणको व्यवस्था मिलाइएको उनले जानकारी दिए । 


    images

    Logo