images
images

माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा २० प्रतिशतसम्म छुट


  • 356
    SHARES
  • २०७९ माघ १८ गते बुधबार

    माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा २० प्रतिशतसम्म छुट

    काठमाडौं । माछापुच्छ्रे बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सीजी डिजिटलका आउटलेटमा विशेष छुट योजना संचालनमा ल्याएको छ ।

    जस अन्तर्गत बैंकका ग्राहकले देशैभर रहेका सिजी डिजिटलबाट इलेक्ट्रोनिक सामाग्री खरिद गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

    बैंकले यो सुविधा बैंकका फागुन १५ गतेसम्म कायम रहने जानएको छ । बैंकले आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई मध्यनजर गर्दै उक्त सुविधा संचालनमा ल्याएको जनाएको छ ।

    यसका साथै, माछापुच्छ्रे बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताले ० प्रतिशत इएमआई भुक्तानीबाट पनि सीजी डिजिटलका इलेक्ट्रोनिक सामाग्री खरिद गर्न सक्नेछन् ।

    साथै, माछापुच्छ्रे बैंकका अनुसार क्रेडिट कार्ड प्रयोगकर्ताले शून्य प्रतिशत ईएमआई भुक्तानीबाट पनि सीजी डिजिटलका इलेक्ट्रोनिक सामग्री खरिद गर्न सक्नेछन् ।

     

     


    images

    Logo