images
images

वार्षिकोत्सवको अवसरमा फाइभजीको परीक्षण गर्दै टेलिकम


  • 343
    SHARES
  • २०७९ माघ २२ गते आइतबार

    वार्षिकोत्सवको अवसरमा फाइभजीको परीक्षण गर्दै टेलिकम

    काठमाडौं । नेपाल टेलिकमले वार्षिकोत्सवको अवसरमा फाइभजीको आन्तरिक परीक्षण सुरु गर्ने भएको छ । टेलिकमले  आज बबरमहल र सुन्धाराको कार्यालयबाट फाइभजीको परीक्षण सुरु गर्न लागेको हो । 

    २ हजार ६ सय मेगाहर्ज ब्याण्ड अन्तरगत टेलिकमले फाइभजी सेवाको थालनी भएको हो ।सो सेवाको  यो सेवाको उपयोग गर्न तत्काललाई टेलिकमका कर्मचारीले मात्रै पाउने कम्पनीले जनाएको छ । 

    टेलिकम काठमाडौंमा फाइभजीको औपचारिक परीक्षणपछि टेलिकमले सातै प्रदेशका मुख्य सहरहरुमा परीक्षण गर्ने तयारी गरेको छ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले परीक्षण अनुमति दिएको झण्डै दुई वर्षपछि फाइभजीको परिक्षण सुरु गर्न लागिएको हो । 


    images

    Logo