images
images

नयाँ वर्षका अवसरमा पोखरामा पुस १२ देखि सडक महोत्सव


  • 696
    SHARES
  • २०७८ बैशाख १५ गते बुधबार

    नयाँ वर्षका अवसरमा पोखरामा पुस १२ देखि सडक महोत्सव

    लेखनाथ । अंग्रेजी नयाँ वर्षका अवसरमा पोखरामा पुस १२ देखि सडक महोत्सव आयोजना गरिने भएको छ । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा प्रत्येक वर्ष मनाउँदै आइएको सडक महोत्सवलाई यस वर्ष रजत जयन्तीका रूपमा मनाइने भएको हो।

     
    अङ्ग्रेजी नयाँ वर्षमा मनाउँदै आएको सडक महोत्सव २५ वर्ष पुगेसँगै यस वर्ष भव्य तयारीका साथ रजत जयन्तीका रूपमा मनाउन लागिएको हो । रेष्टुरेण्ट एण्ड बार एशोसिएसन रेवान पोखराले नयाँ वर्षको स्वागतार्थ प्रत्येक वर्ष यस्तो महोत्सव सञ्चालन गर्दै आएको छ । ‘सडकमा खाउ, सडकमै रमाउ’ भन्ने उद्देश्य लिएर सञ्चालन हुँदै आएको सडक महोत्सव रजत जयन्तीका अवसरमा यस वर्ष थप आकर्षण बनाइने जानकारी महोत्सव संयोजक तथा कार्यवाहक अध्यक्ष पौडेलले बताए।

     
    आउँदो पुस १२ देखि १६ गतेसम्म आयोजना गरिने सडक महोत्सव स्वदेशी तथा विदेशी गरी पाँच लाख पर्यटकले प्रत्यक्ष अवलोकन गर्ने दाबी आयोजक संस्थाको छ । महोत्सवका मुख्य आकर्षण सांस्कृतिक कार्यक्रम, मौलिक वेशभूषा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, डुङ्गा दौड, भलिबल प्रतियोगिता, कन्सर्ट, पोखराको पर्यटन विकास, प्रवर्द्धन, अवसर तथा चुनौती विषयमा अन्तक्र्रियाका साथै पोखरा तथा स्थानीयरूपमा उत्पादन कृषि, हस्तकला एवं चित्रकलाको प्रदर्शनी गरिने जानकारी सो अवसरमा दिइएको थियो ।

     
    पोखरालाई आन्तरिक तथा बाह्य पर्यटकको ‘अङ्ग्रेजी नयाँ वर्षको गन्तव्यस्थल’का रूपमा प्रवर्द्धन गर्ने उद्देश्यअनुरुप पोखराको लेकसाइड क्षेत्रमा पर्ने तीन किलोमिटर क्षेत्रफलमा सडक महोत्सव गर्न लागिएको हो । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले महोत्सवसँगै गुणस्तरीय सेवालाई पनि त्यत्तिकै ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।

     
    कोरोना महामारीपछि यस वर्ष पोखरामा आउने पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि भएकाले पर्यटन व्यवसाय चलायमान भएको श्रेष्ठको भनाइ छ । महोत्सवसँगै पोखराको लेकसाइडलाई पर्यटनमय बनाउन यहाँको पर्यटनसँग सम्बद्ध एक दर्जन संस्था सक्रियरूपमा लागेका छन् । नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीले पोखराको पर्यटन विकासमा सञ्चारकर्मीको भूमिका पनि महत्त्वपूर्ण हुने बताइन ।


    images

    Logo