images
images

शिक्षक सेवा आयोगले माग्यो १ हजार ५६ जना निमावि शिक्षक 


  • 430
    SHARES
  • २०७९ माघ २७ गते शुक्रबार

    शिक्षक सेवा आयोगले माग्यो १ हजार ५६ जना निमावि शिक्षक 

    काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको लागि १ हजार ५६ शिक्षक माग गरेको छ । आयोगले खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि विज्ञापन खुलाएको हो ।  

    , सातै प्रदेशमा गरी नेपालीमा ६५, अंग्रेजीमा १ सय १६, गणितमा १ सय ४४ जना शिक्षक माग गरिएको छ। यस्तै विज्ञानमा २ सय ८२ जना, सामाजिकमा ८९ जना, शुक्लयजुर्वेदमा १ जना, गणित र विज्ञानमा ३ सय ५१ जना, संस्कृत व्याकरणमा ३ जना, संस्कृत भाषामा ४, संस्कृत कर्मकाण्डमा १ जनाको विज्ञापन गरिएको छ।

    इच्छुक उम्मेदवारले फागुन २८ गतेसम्म नियमित दस्तुरमा र चैत ५ गतेसम्म दोब्बर दस्तुरमा आवेदन दिन सक्नेछन् । परीक्षा २०८० साल बैशाख ९ गते सञ्चालन हुनेछ । शिक्षकको परीक्षामा सामान्य र विषयगत गरी दुई प्रकारको लिखित र अन्तर्वार्ता हुनेछ। 

    मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (१२ कक्षा) वा सो सरहको परीक्षा (कम्तीमा २०० पूर्णांक ८ क्रेडिट आवर)उत्तीर्ण गरी शिक्षा विषयमा १० महिने तालिम पूरा गरेको हुनुपर्दछ । 

    साथै निम्नमाध्यमिक तहको स्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरेको हुनुपर्नेछ। विज्ञापनको प्रतिस्पर्धा र छनोट प्रदेशस्तरमा हुने भएकाले उम्मेदवारले एक प्रदेश र एक विषयमा मात्र दरखास्त दिन सक्नेछन्।


    images

    Logo