images
images

नेपाल औषधि लिमिटेडले माग्यो महाप्रबन्धक, कहिलेसम्म दिने आवेदन ?


  • 361
    SHARES
  • २०७९ फाल्गुण १ गते सोमबार

    नेपाल औषधि लिमिटेडले माग्यो महाप्रबन्धक, कहिलेसम्म दिने आवेदन ?

    काठमाडों । नेपाल औषधि लिमिटेडले महाप्रबन्धक नियुक्तिका लागि आवेदन माग गरेको छ । लिमिटेडको रिक्त महाप्रवन्धक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्नुपर्ने भएकोले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवेदन माग गरेको हो । 

    महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धा प्रतियोगीद्वारा पदपूर्ति गरिने भएकाले योग्यता भएका इच्छुक व्यक्तिले २१ दिनभित्र कार्यालय समयमा सरकारी उद्योग तथा संस्थान शाखामा रीतपूर्वको दरखास्त दिन आग्रह गरेको छ ।

    जसमा मान्यता प्राप्त विश्वविद्यालयबाट चिकित्सशास्त्र, जनस्वास्थ्य, फार्मेसी, इन्जिनियरिङ, सार्वजनिक प्रशासन, व्यवस्थापन, अर्थशास्त्र वा कानुनमा स्नाकोत्तर उतीर्ण गरेको वा चाटर्ड एकाउन्टेन्सी उपाधी हासिल गरेको हुनुपर्छ । त्यस्तै, सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको कार्य अनुभव भएको हुनुपर्ने छ भने ३५ वर्ष पुगेको र ६५ वर्ष ननाघेको हुनुपर्नेछ । 

    इच्छुक आवेदकले पाँच हजार शब्दको व्यवसायिक कार्ययोजना बुझाउनु पर्ने हुन्छ। दरखास्त छनोट भएकाहरुलाई मात्र समितिले व्यवसायिक कार्ययोजना प्रस्तुतिका लागि बोलाउने छ। 


    images

    Logo