काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकका लागि दरखास्त आह्वान गरेको छ । लिमिटेडको रिक्त महाप्रवन्धक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्नुपर्ने भएकोले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवेदन माग गरेको हो ।
महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धा प्रतियोगीद्वारा पदपूर्ति गरिने भएकाले योग्यता भएका इच्छुक व्यक्तिले २१ दिनभित्र कार्यालय समयमा सरकारी उद्योग तथा संस्थान शाखामा रीतपूर्वको दरखास्त दिन आग्रह गरेको छ ।
प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुनमा स्नातकोत्तर गरेको हुनुपर्छ। व्यवस्थापकीय नेतृत्व दिएर पाँच वर्ष काम गरेको पनि हुनुपर्छ। त्यस्तै, सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको कार्य अनुभव भएको हुनुपर्ने छ भने ३५ वर्ष पुगेको र ६५ वर्ष ननाघेको हुनुपर्नेछ ।
इच्छुक आवेदकले पाँच हजार शब्दको व्यवसायिक कार्ययोजना बुझाउनु पर्ने हुन्छ। दरखास्त छनोट भएकाहरुलाई मात्र समितिले व्यवसायिक कार्ययोजना प्रस्तुतिका लागि बोलाउने छ।


