images
images

कोका–कोला नेपालले ल्यायो नयाँ इलेक्ट्रिफाइङ पेय पदार्थ 'चाज्र्डसँग गेट चाज्ड'


  • 524
    SHARES
  • २०७९ फाल्गुण २ गते मंगलबार

    कोका–कोला नेपालले ल्यायो नयाँ इलेक्ट्रिफाइङ पेय पदार्थ 'चाज्र्डसँग गेट चाज्ड'

    काठमाडौं । कोका–कोला नेपालले चाज्र्ड नामको नयाँँ इलेक्ट्रिफाइङ पेय पदार्थ सार्वजनिक गरेको छ । सोमबार एलओडिमा (लर्ड अफ द ड्रिंक्स) कम्पनीका प्रतिनिधिहरु, संचारकर्मीहरु र इन्फ्लुएन्सर्सहरुको उपस्थितिमा यस नयाँ इलेक्ट्रिफाइङ पेय पदार्थ सार्वजनिक गरिएको हो । 

    यो नयाँँ पेय पदार्थले उपभोक्ताहरुलाई बेरीको स्वादमा इलेक्ट्रिफाइङ फिजीजिङ प्रदान गर्दछ । चाज्र्डको लन्चसँगै कोका–कोला नेपालको बेभरेज पोर्टफोलियोमा एउटा नयाँँ स्वाद थपिएको छ–बेरी बोल्ट । उपभोक्ताहरूलाई उनीहरूको आवश्यकता र जीवनशैली सुहाउँदो सफ्ट ड्रिंक्सका विभिन्न विकल्पहरु उपलब्ध गराउने प्रतिबद्धता स्वरुप चाज्र्डलाई बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

    कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर  आदर्श अवस्थीले भने, “नेपाली युवाहरुका आफ्नै महत्तवाकांक्षाहरु छन् र उनीहरुलाई आफ्नो आकांक्षा पुरा गर्नको लागि जिम्मेवारी लिन र सोही अनुसारको कदम चाल्न प्रेरित गर्ने सन्देश सहित हामीले यो नयाँँ पेय पदार्थ चाज्र्ड बजारमा ल्याएका छौँ । यसमा भएको बेरी बोल्टको स्वादले युवाहरुलाई नयाँँ स्वाद दिनुको साथै जीवनमा आइपर्ने अनिश्चितताहरूलाई लिएर चिन्ता गर्नुको साटो चुनौतीहरुको डटेर सामना गर्ने प्रोत्साहन गर्छ  ।”

    त्यस्तै बोतलर्स नेपालका म्यानेजिङ डिरेक्टर दिपक सेन्ठिल नाथले भने, “आफ्ना उपभोक्ताहरुलाई नयाँँ स्वादसँगै स्थानीयपन पनि पस्किँदै कोका–कोला नेपाल एक टोटलबेभरेज कम्पनीबन्ने आफ्नो रणनीतिलाई एक कदम अगाडि बढाएको छ । चाज्र्डको लन्चले हाम्रो उत्पादन पोर्ट फोलियोलाई विस्तार मात्र गरेको छैन नेपाली युवाहरुको रोजाइ र तिनीहरुको गो–गेटर लाइफ स्टाइललाई सम्बोधन गर्ने कोका–कोलाको प्रयासलाई पनि देखाएको छ ।”

    चाज्र्डको लन्चक्याम्पेनलाई अझै सफल बनाउन टेलिभिजन, सामाजिक सञ्जाल, ओटिटिलगायत अन्य डिजिटल माध्यमहमा पनि टिभिसि देखाउनुको साथै विभिन्न कलेजहरुमा कार्यक्रमहरु पनि सञ्चालन गरिएका छन् । युवाहरुलाई सकृय रहन र आफ्नो उद्धेश्य प्राप्ति गर्नको लागि हरदम सकृय रहनुपर्छ भन्ने सन्देश बोकेको यस कमर्सियल माबिएमएक्स बाइक स्टन्ट र ग्राफिटिहरु पनि देखाइएको छ ।

     


    images

    Logo