काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ का कारण अर्थतन्तमा थप चुनौती देखिएको बताएका छन् । कोभिडका कारण आर्थिक वर्ष २०७७/७८ पनि चुनौतीपूर्ण रहेको उनले बताए । पछिल्लो समय कोभिड–१९ को संक्रमण दर छिमेकी देशमा पुनः बढ्दै गएको र त्यसको असर नेपालमा समेत पर्दै गएकोले हुँदा अर्थतन्त्र थप प्रभावित हुने जोखिम कायमै रहेको उनले जानकारी दिए ।
नेपाल राष्ट्र बैंक स्थापनाको ६६ औँ वर्षमा प्रवेश गरेको अवसरमा जारी गरिएको सम्बोधनमा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । ‘यो विषम परिस्थितिमा राष्ट्र बैंकले सम्बोधन गर्न चालिएका कदमलाई निरन्तरता दिने बताएका हुन् ।
संक्रमणका बेला चालिएका गैर–परम्परागत, लचिलो एवम् सहजीकरणसहितका नीतिगत व्यवस्थाहरूले सकारात्म प्रभाव पारिरहेको उनले बताएका हुन् । ‘आर्थिक तथा वित्तीय स्थायित्व र मौद्रिक उद्देश्य माथि थप जोखिम सृजना नहुने गरी निरन्तरता प्रदान गरिने छ,’ उनले भने जारी गरेको आ।व। २०७७÷७८ को मौद्रिक नीतिबाट कार्यान्वयनले सकारात्मक परिणाम प्राप्त भइरहेको छ ।
राष्ट्र बैंकले प्रदान गरेको सहुलियतले अर्थतन्त्र पुनरुत्थानको दिशातर्फ उन्मुख हुँदै गएको पनि उनले बताए । ‘अझै कोभिड–१९ को जोखिम कायमै रहेको भन्दै नीतिगत व्यवस्था कायम गर्नेछ,’ उनले भने ।
राष्ट्र बैंकले लिएको नीतिले समष्टिगत आर्थिक स्थायित्व कायम गर्दै वित्तीय क्षेत्रबाट परिचालन हुने स्रोत साधनलाई पूर्वाधार क्षेत्र, साना तथा मझौला उद्यम, कृषि, उर्जा, पर्यटनलगायत उत्पादनशील क्षेत्रतर्फ निर्देशित गरी आर्थिक पुनरुत्थानको लागि सहयोग पुगेको उनले बताए ।
वित्तीय उपकरण एवम् पूर्वाधारको समयसापेक्ष विकास गर्न, विद्युतीय भुक्तानी माध्यममार्फत कारोबारलाई प्रर्वद्धन गर्न र वित्तीय समावेशिता तथा वित्तीय ग्राहक संरक्षण गर्नेतर्फ नेपाल राष्ट्र बैंक प्रतिबद्ध रहेको उनको भनाइ छ ।
सम्बोधनमा अधिकारीले ‘२०७७ साल विश्वव्यापीे रूपमा फैलिएको कोरोना महामारीको विषम परिस्थितिका कारण चुनौतीपूर्ण रह्यो,’ उनले भने, ‘यस बैंकले कोभिड—१९ का कारण अर्थतन्त्रमा पारेको प्रभाव अध्ययन गर्ने क्रममा २०७७ जेठमा ५२ जिल्लाका ६७४ उद्योगी÷व्यवसायीसँग सर्वेक्षण गरी २०७७ असारमा प्रतिवेदन प्रकाशन गरेको थियो । त्यतिखेर ४ प्रतिशत उद्योग व्यवसायहरू मात्र पूर्ण सञ्चालनमा रहेका थिए ।
सोही सर्वेक्षणका सहभागीहरूसँग २०७७ कात्तिक १३ देखि २०७७ मंसिर २४ सम्ममा करिव ५४ प्रतिशत उद्योगरव्यवसाय पूर्ण सञ्चालनमा आएका थिए । तर त्यति बेला सम्म पनि करिव ९ प्रतिशत उद्योगहरू बन्द कै अवस्थामा रहेका थिए ।’


