काठमाडौं । चालु आर्थिक वर्षको चैतसम्म ४ वटा वाणिज्य बैंकले मात्रै ३ अर्ब भन्दा बढी नाफा गरे । ती ४ बैंकहरु हुन्, नबिल, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य र एनआईशी एशिया ।
३ अर्ब कमाउने समूहमा रहेको यो बैंकको रिपोर्टले लगानीकर्तालाई उत्साहित बनाउनुपर्ने हो । तर, बैंकको यो रिपोर्ट उत्साहित बनाउने खालको छैन । अहिलेको रिपोर्टले एनआईशी एशियाको नाफा वृद्धिमा ब्रेक लागेको देखाएको छ ।
रिपोर्ट अनुसार एनआईशी एशिया बैंकको नाफा ३ अर्ब ४८ लाख रुपैयाँ छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा २ अर्ब ५० करोड रुपैयाँ थियो । अहिलेको नाफा अघिल्लो वर्षको नाफाभन्दा २० प्रतिशत धेरै पनि हो ।
तर, शेयरधनीलाई बाँड्न मिल्ने वितरणयोग्य नाफा निकै कम हुँदा लगानीकर्ता उत्साहित नभएका हुन् । एनआईशी एशियाको वितरणयोग्य नाफा खुद नाफाको ४० प्रतिशत अर्थात् १ अर्ब २२ करोड रुपैयाँ मात्रै छ । नाफाको आधारमा चौथो नम्बरमा रहेका एनआईशी एशिया वितरणयोग्य नाफाको आधारमा भने १२ औं नम्बरमा छ ।


