टेलिकमले माग्यो विभिन्न पदका लागि कर्मचारी, एसएलसी पासले पनि आवेदन दिन सक्ने
526
SHARES
२०७९ फाल्गुण १२ गते शुक्रबार
काठमाडौं । नेपाल टेलिकमले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । टेलिकमले बुक्रवार सूचना जारी गर्दै कर्मचारी माग गरेको हो ।
टेलिकमले उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका लागि आवेदन खुलाइएको छ । टेलिकमले जुनियर टेक्निसियनका लागि एसएलसी पासदेखि उपप्रबन्धकका लागि स्नाकोत्तर तह पास सम्मका लागि आवेदन दिन सक्नेछन् ।
इच्छुक तथा योग्यता पुगेका नागरिकले चैत २ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर चैत ९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।