काठमाडौं । जलविद्युत आयोजनामा खटाउनेगरी जेड कन्सल्ट प्रालीले कर्मचारीको माग गरेको छ । कम्पनीले निजी तथा सरकारी निकायले अघि बढाएको आयोजनामा खटाउनको लागि ४ जना कर्मचारी माग गरेको हो ।
कम्पनीले निवासी इन्जिनियर, भुगर्भविद, सिभिल इन्जिनियर र सर्वेक्षक माग गरेको हो । कम्पनीका अनुसार निवासीय इन्जिनियरका लागि सिभिल इन्जिनियर विषयमा स्नाकोत्तर तह उत्तीर्ण गरी हाइड्रो पावर क्षेत्रमा कम्तीमा पनि १० वर्ष काम गरेको अनुभव हुनुपर्नेछ ।
भुगर्भविदका लागि भु–विज्ञान विषयमा स्नाकोत्तर तह उत्तीर्ण गरी हाइड्रो पावर क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ ।
यसैगरी, सिभिल इन्जिनियरका लागि भने सिभिल इन्जिनियरीङमा स्नातक गरी हाइड्रो पावर क्षेत्रमा ५ वर्ष काम गरेको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ । सर्वेक्षकका लागि ज्यामितीय र सिभिल इन्जिनियरमा डिप्लोमा पास गरी कम्तीमा पनि ५ वर्ष हाइड्रो पावर क्षेत्रमा काम गरेको हुनुपर्नेछ ।
इच्छुक योग्य व्यक्तिले चैत १ गतेसम्म आवेदन दिनु पर्नेछ ।



