images
images

बैंकमै नगई एनएमबि बैंकले आवेदन दिएको ५ मिनेटमै दुई लाखसम्म कर्जा दिने


  • 665
    SHARES
  • २०७८ आषाढ १६ गते बुधबार

    बैंकमै नगई  एनएमबि बैंकले आवेदन दिएको ५ मिनेटमै दुई लाखसम्म कर्जा दिने

    काठमाडौं । एनएमबि बैंकले एनएमबि सापटी २.० एक आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा कर्जा सेवा सञ्चालन गरेको छ । यस योजना अन्तर्गत कर्जा प्रवाहको लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप बिनै लिन सकिने छ ।  डिजिटलका माध्यमबाटै कर्जा लिन सकिने सेवा एएनबि बैंकले ल्याएको जनाएको छ । 


    यो ‘नेपालमै पहिलो पटक’ २४ अ‍ै घण्टा र सातै दिन पूर्ण स्वचालित रुपमा प्रदान गरिने कर्जा सापटीको निरन्तरता रहेको बैंकले जनाएको छ । यस सेवा बैंकमा नगइ  मोबाइलको प्रयोगबाट आवेदन दिएको ५ मिनेटभित्र नै कर्जा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

    एनएमबि सापटी वर्तमान परिवेशलाई ध्यानमा राख्दै व्यक्तिगत कर्जा उपयोग गरिरहेका ग्राहकहरुको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरुको परिपूर्तिको लागि प्रदान गरिने एक छोटो अवधिको धितो बिनाको कर्जा हो ।

    एनएमबिमा व्यक्तिगत कर्जा भएका ग्राहकहरुलाई २४ महिना सम्मको लचिलो अवधि सहित २ लाखसम्म २४ अ‍ै घण्टा र सातै दिन कर्जा तुरुन्त उपलब्ध गराउने व्यवस्था गरेको छ । 

    ग्राहकहरुले आफ्नो कर्जा चुक्ता अवधि, कर्जा चुक्ता गर्ने प्रकार, कर्जा रकम आफ्नो सहजताको आधारमा छनोट गर्न सक्ने बैंकले जनाएको छ ।


    images

    Logo