images
images

एक्साइडको नँया मोटरसाइकल ब्याट्री नेपाली बजारमा  


  • 363
    SHARES
  • २०७९ फाल्गुण २६ गते शुक्रबार

    एक्साइडको नँया मोटरसाइकल ब्याट्री नेपाली बजारमा  

    काठमाडौं । एक्साइड ब्राण्डको एक्सप्लोर नामक नँया ब्याट्री नेपाली बजारमा सार्वजनिक गरिएको छ । सबै प्रकारका मोटरसाइकलाई लक्षित गर्दै सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले यसको विक्री वितरण आरम्भ गरेको हो । 

    नेपालको सडक एवं हावापानी सुहाउँदो एक्सप्लोर ब्याट्री विशिष्ठ गुणहरु एवं विशेषताहरुले सम्पन्न भएको बताइन्छ । कम्पनीको अनुसार “स्पिल प्र्रुफ डिजाइन गार्ड, ग्यास रिकम्बीनेसन प्रणाली, एवं लिड क्याल्सिएम प्रविधि जस्ता अत्याधुनिक विशेषताहरु भएको यस ब्याट्रीमा पानी कहिल्यै थप्नु पर्दैन । 

    फ्याक्ट्रीबाट नै चार्ज भएर आउने एक्सप्लोरको डब्बामा पोली प्रोपिलिन प्लास्टिक र सिन्थेटिक रेजिनको प्रयोग पनि गरिएको छ,“। 
    “यसैगरी, ४८ महिना लामो वारेन्टी भएको यस ब्याट्रीले यसको प्रयोगकर्तालाई मर्मत सम्भारको झन्झटलाइ टाढा राख्दछ“ ।  
        
    एक्साइड ब्राण्डको नेपालस्थित एक मात्र विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. यस एक्सप्लोर ब्याट्रीले चाँडै धेरै भन्दा धेरै ग्राहकहरुको पहिलो रोजाई बनी बजारको उल्लेखनीय हिस्सा ओगट्न विश्वस कम्पनीको रहेको छ । 


    images

    Logo