काठमाडौं । निजामती कर्मचारी अस्पताल (सिभिल) ले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । अस्पतालमा रिक्त पदहरूमा पदपूर्तिका लागि खुला समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले आवेदन आह्वान गरिएको हो ।
सिनियर रजिष्ट्रारदेखि हलुका सवारी चालकसम्मका विभिन्न पदमा अस्पतालले खुला र समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्न कर्मचारी माग गरेको छ । परीक्षाको किसिम लिखित, प्रयोगात्मक र अन्तर्वार्ता हुने छ भने लिखित परीक्षा लोक सेवा आयोगवाट सञ्चालन हुनेछ ।
दरखास्त दस्तुर तह ९ र १० को हकमा २ हजार, तह ६ र ८ को हकमा १ हजार २ सय, तह ५ को हकमा ७ सय, तह ४ को हकमा ५ सय र प्रारम्भिक तहको हकमा ३ सय लाग्ने अस्पताले जनाएको छ ।
न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले चैत २० गतेसम्म आवेदन दिन सक्ने छन् । भने दोव्वर दस्तुर तिरी २०७९ चैत २७ गतेसम्म आवेदन दिन सक्ने छन् ।



