काठमाडौं । राष्ट्रिय विमा कम्पनीले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सुचना जारी गर्दै विभिन्न १० पदको लागि २४ जना कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका नेपाली नागरिकहरूले आगामी चैत २३ गतेभित्र आवेदन पेस गर्न कम्पनीले आग्रह गरेको छ । दोब्बर दस्तुर बुझाएर चैत ३० सम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

