काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद्ले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । परिषद्ले शुक्रवार सूचना जारी गर्दै कर्मचारी माग गरेको हो ।
परिषद्ले वरिष्ठ वैज्ञानिक, वैज्ञानिक, प्राविधिकतर्फ वरिष्ठ अधिकृत, प्रशासनतर्फ प्रशासकीय अधिकृत, लेखा अधिकृत, प्रशासन तथा लेखातर्फ प्रमुख प्रशासन सहायक, लेखापाल, सह लेखापाल, प्रशासन सहायकलगायतका पदमा आवेदन माग गरेको छ ।
इच्छुक तथा योग्यता पुगेका नागरिकले वैशाख २ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर भने वैशाख ९ गतेसम्म आवेदन दिन सकिने परिषद्ले जनाएको छ ।

