गुगलले माइक्रोसफ्ट समर्थित च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्न ‘गुगल च्याटबोर्ड’ नामको कृतिम बौद्धिक(एआई) एप (बार्ड) सुरु गर्ने भएको छ । उक्त एप सुरु गर्नुपूर्व गुगलले बेलायत र संयुक्त राज्य अमेरिकाका मानिसलाई आफ्नो एआई च्याटबोटको परीक्षण गर्न आमन्त्रित गरेको छ ।
बार्ड, च्याट जीपीटी र त्यस्तै अरु एआई एपहरुले निबन्ध, कविता वा कम्प्युटर कोडहरु बनाउने आदेशलाई तीव्र गतिमा पालना गरी परिणाम दिन्छन् । जसरी आईफोनले आविष्कार भएको थोरै समयमा नै प्रविधिमा ठूलो क्षेत्रमा विस्तार भयोे त्यसरी नै यस्ता एआई एपहरुको प्रयोग पनि बढ्ने क्रममा छ ।
गुगलका ८० हजार कर्मचारीले उक्त एआईलाईको परीक्षण गर्नेछन् । त्यसपछि पहिलो चरणमा उक्त एपलाई बेलायत र अमेरिकाका मानिससँग परीक्षण गरिनेछ । पहिलो चरणको परीक्षण पछि मात्रै गुगल च्याटबोर्ड अन्य भाषा र देशहरुमा विस्तार गरिने गुगलका सीईओ सुन्दर पिचाईले कम्पनीका कर्मचारीलाई बताए ।
‘जब मानिसहरु बार्डको प्रयोग गर्न र यसको क्षमताहरु परीक्षण गर्न थाल्छन्, उनीहरु हामीलाई नै आश्चर्यचकित बनाउँछन्’ पीचाईले कर्मचारीहरुलाई मेमोका माध्यमबाट बताए ।
‘केही गल्ती पनि भएको हुनसक्छ जसको समीक्षा प्रयोगकर्ताले गर्नेछन् । तर प्रयोगकर्ताले दिएको प्रतिक्रियालाई मध्यनजर गर्दै हामी थप आवश्यक सुधार गर्न सक्छौं ’ पीचाईले थपे । माइक्रोसफ्टसँग प्रतिस्पर्धा गर्न हतार गरेकोमा पीचाईले कम्पनी भित्र नै आलोचना खेपिरहेका छन् ।
‘बार्डको परीक्षणको क्रममा हामीले धेरै कुरा सिकेका छौं । यसको प्रयोग पछि मानिसहरुले दिएको प्रतिक्रियाले थप सुधारमा मद्दत गर्नेछ’ गुगलका उपाध्यक्षहरू सिसी हसियाओ र एली कोलिन्सले एक ब्लग पोस्टमा भने।
च्याटबटहरू जति रोमाञ्चक हुन सक्छन्, तिनीहरूका गल्तीहरू छन्, हसियाओ र कोलिन्सले चेतावनी दिए।
विभिन्न समस्याहरुको रिपोर्ट आउँदापनि माइक्रोसफ्टले द्रुतरुपमा आफ्नो उत्पादन विस्तार गरिरहेको छ । त्यसको ठीक विपरीत, गुगलले भने उपभोक्ताहरुलाई उत्पादनमूलक एआईको प्रक्षेपण गर्न लागेको छ ।


