काठमाडौं । युनिक नेपाल लघुवित्तले नायव प्रमुख कार्यकारी अधिकृतको लागि कर्मचारी माग गरेको छ । लघुवित्तले आज एक सुचना जारी गर्दै सो पदको लागि कर्मचारी माग गरेको हो ।
सो पदमा आवेदन दिन इच्छुक उम्मेदवारले मान्यताप्राप्त शैक्षिक संस्थाहरुबाट स्नाकोत्तर तह वा सो सरह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।परिक्षा भने लिखित, माैखिक र व्यावहारिक हुने लघुवित्तले जनाएकाे छ ।
इच्छुक उम्मेदवारले सूचना प्रकाशित मितिले चैत २५ गते सम्म संस्थाको केन्द्रिय कार्यालय वा इमेल मार्फत आवेदन दिन सक्नेछन् । आवेदकले दरखास्त फारम संस्थाको वेवसाईट मार्फत डाउनलोड गर्न सकिने संस्थाले जनाएको छ ।
