images
images

५ वर्षपछि खुलामञ्चको बसपार्कमा लाग्यो फलामको बार 


  • 662
    SHARES
  • २०७८ बैशाख १५ गते बुधबार

    ५ वर्षपछि खुलामञ्चको बसपार्कमा लाग्यो फलामको बार 

    काठमाडौं । काठमाडौंको खुलामञ्चमा रहेको बसपार्कमा बुधबार फलामे बार लगाइएको छ । अस्थायी बसपार्कको रुपमा प्रयोग गर्दै आएको स्थानमा फलामे ढोका लगाइएको हो । योसँगै अब सो बसपार्क पूर्ण रुपमा हट्नेछ । 

    पुरानो बसपार्क रहेको स्थानमा काठमाडौं टावर बन्ने भएपछि ५ वर्षअघि सो बसपार्कलाई अस्थायी रुपमा खुला मञ्चमा सारिएको थियो । तर, काठमाडौं टावरको बेसमेन्ट निर्माण सम्पन्न भएपछि बेसमेन्टलाई फेरि बसपार्ककको रुपमा प्रयोग गर्न लागिएको हो । 

    अहिलेको अस्थायी बसपार्कमा ४० कम्पनीको ६ सय भन्दा बढी बसले स्टेशनको रुपमा प्रयोग गर्दै आएका थिए । ४० कम्पनीमध्ये २७ कम्पनी छोटो दूरीका निए भने १३ मध्यम दूरीका थिए । 

    अस्थायी बसपार्कलाई हटाउन बैशाख ९ गते काठमाडौं महानगरपालिकाले निर्णय गरेको थियो । सो अनुसार बुधबारदेखि बसपार्क हट्न लागेको हो । खुला मञ्चमा रहेका सबै गाडीलाई हटाएर आजै राती ताला लगाइने काठमाडौं महानगरपालिकाले जनाएको छ । 


    images
    images

    Logo