images
images

लगातार खुम्चिदै सेयर बजार, ५ अर्बको कारोबार


  • 489
    SHARES
  • २०७८ आषाढ २० गते आइतबार

    लगातार खुम्चिदै सेयर बजार, ५ अर्बको कारोबार

    काठमाडौं । साताको पहिलो दिन (आइतबार) सेयर बजारमा गिरावट देखिएको छ ।

    आज नेप्से परिसूचक ८.४८ अंकले घटेर २८३४.५१ अंकमा बन्द भएको छ । 

    यो दिन १ करोड ८ लाख  कित्ता सेयर ५ अर्ब ५ करोड रुपैयाँमा कारोबार भएको छ ।

    यो दिन ६० वटा कम्पनीको सेयर मूल्य बढ्दा १५३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १० वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

    यो दिनको कारोबारमा सबैभन्दा बढी कमाउने कम्पनीमा ओरियन्टल होटल, सीईडीबत्री हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स लगायतका कम्पनी छन् । 

    त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीमा पोखरा फाइनान्स, गोर्खाज फाइनान्स, पञ्चकन्या माइ हाइड्रोपावर, रिलायन्स फाइनान्स, जोशी हाइड्रोपावर कम्पनी छन् ।


    images

    Logo