काठमाडौं । नेपाली सेनाले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ । शुक्रबार सेनाले एक सुचना जारी गर्दै १ सय ३७ जना कर्मचारी माग गरेको हो ।
खुला तथा समावेशी प्रतियोगिताद्धारा पदपूर्ति गर्नेको लागि दरखास्त माग गरिएको सुचनामा उल्लेख गरिएको छ । सेनाले डाक्टर, सैनिक इञ्जिनियर, प्राविधिक, पाइलटलगायतका विभिन्न पदमा रोजगारी खुलाएको हो । नर्स, कम्प्युटर, लेखा, पण्डित, प्लम्बर, भेटेनरी, भिडियो सम्पादन, निर्देशनलगायतका विभिन्न पदमा जागिर खुलाएको हो ।
सेनाले सबैभन्दा धेरै एम बिबिएस डाक्टरहरुको माग गरेको छ । उक्त पदमा ४४ जनाका लागि रोजगारी खुलाइएको छ । त्यस्तै, लेखा समूहतर्फ २३ जनालाई, कम्प्युटर इन्जिनियरतर्फ ११ जनालाई, सर्भेतर्फ ६ जनालगायत विभिन्न पदमा गरि १३७ जनालाई रोजगारी खुलाएको हो ।
योग्यता पुगेका इच्छुक व्यक्लिे चैत २३ गतेभित्र आवेदन दिनपर्नेछ ।



