काठमाडौं । साताको दोस्रो दिन (सोमबार) नेप्से परिसूचक ११.७८ अंकले घटेर २८२२.७३ विन्दुमा पुगेको छ ।
आज १ करोडको कित्ता सेयर ४ अर्ब ५८ करोडमा खरिद बिक्रि भएको छ ।
यो दिन १७१ वटा कम्पनीको सेयर मूल्य घट्दा ४३ वटा कम्पनीको मात्रै सेयर मूल्य बढेको छ त्यसैगरी १० वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
यो दिन लगानी, म्युचुअल फण्ड, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ र ट्रेडिङ समूहबाहेकमा सब इन्डेक्समा गिरावट देखिएको छ ।
यो दिन विशाल बजार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
साथै सबैभन्दा बढी गुमाउने कम्पनीमा गोर्खा फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, नेशनल हाइड्रोपावर कम्पनीलगायतका छन् ।
कारोबार रकमका आधारमा हिमालयन डिस्ष्टिलरी, माथिल्लो तामाकोसी, नेपाल बैंक, निफ्रा र नेपाल टेलिकम सबैभन्दा अगाडि छन् ।


