काठमाडौं । नेपाली सेनाले ४ हजार ५ सय जनशक्तिका लागि आवेदन खुला गरेको छ । देशभरका विभिन्न स्थानमा रिक्त रहेका सो पदका लागि सेनाले आवेदन खुल्ला गरेको हो ।
सेनाले खुलातर्फ २ हजार ३ सय ५१, सैन्य परिवारलाई २ सय २५, महिला ३ सय ९०, आदिवासी जनजाति ६ सय १७, मधेसी ५ सय ४०, दलित २ सय ८७ र पिछडिएको क्षेत्रबाट ९० जनाको लागि आवेदन मागेको हो ।
आज एक सूचना निकाल्दै सेनाले विभिन्न रिक्त पदका लागि जेठ ७ गतेभित्र आवेदन दिन सकिने उल्लेख गरेको छ । दोब्बर दस्तुर तिरेर भने १४ जेठसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । दरखास्त फाराम बुझाउँदा १५० रुपैयाँको दस्तुर तथा सोहि विज्ञापनमा एकभन्दा बढी समुहमा दरखास्त दिएमा प्रत्येक समुहको लागि २० प्रतिशतका दरले थप दस्तुर लाग्ने सूचनामा उल्लेख छ ।




