काठमाडौं । राष्ट्र बैंकका पूर्व डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीद्वारा रचित ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने म्युजिक भिडियो बजारमा आएको छ । उनको गीत स्वदेशमै उपलब्ध स्रोत र साधनको समुचित उपयोग गरी पर्याप्त रोजगारीका अवसर सृजना गरी आत्मनिर्भर अर्थतन्त्रको जग उठाउने गहन शब्दले ओतपोत भएको छ ।
उक्त गित बुधबार यूट्युबमार्फत शिवाकोटीले औपचारिक रुपमा सार्वजनिक गरेका हुन् । देशमा प्रशस्त सम्भावनाहरू रहेका र त्यसको सदुपयोग गरेर देशलाई आत्मनिर्भर बनाउने राष्ट्रिय भावनाले ओतपोत भएको गीतमा रुपक डोटेल र कृष्ण काफ्लेको स्वर रहेको छ ।
समृद्ध नेपाल बनाउनका लागि एउटा ईटा थप्ने अभिलाषा सहित सम्मृद्व नेपाल, सुखी नेपाली भन्ने गीत ल्याएको शिवाकोटीले बताए । शिवाकोटीको यो भन्दा पहिला पनि यस्ता राष्ट्रिय भावनाले ओतपोत भएका म्युजिक भिडियोहरू बजारमा आएका छन् ।


