काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्मचारी माग गरेको छ । प्रतिष्ठानले शुक्रबार सूचना जारी गर्दै कर्मचारी माग गरेको हो ।
प्रतिष्ठानले प्राज्ञिक सेवा, प्राविधिक सेवा र प्रशासन सेवा तर्फका पद रिक्त रहेकाले स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
इच्छुक उम्मेदवारले जेठ ४ गतेभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ । साथै दोब्बर दस्तुर तिरेर जेठ ११ गतेसम्म आवेदन दिनसक्ने पनि प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले प्राध्यापक, सहप्राध्यापक, सहायक प्राध्यापक, लेक्चरर, नर्सिङ सुपरभाइजर, स्टाफ नर्सलगायतका पदमा कर्मचारी माग गरेकाे छ ।
