images
images

वागमती प्रदेशमा पहिलो पटक महिला मन्त्री 


  • 693
    SHARES
  • २०७८ बैशाख १६ गते बिहीबार

    वागमती प्रदेशमा पहिलो पटक महिला मन्त्री 

     

    काठमाडौं । वागमती प्रदेशको सरकारमा पहिलो पटक महिला मन्त्री नियुक्त भएकी छिन् । वागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रीको रुपमा सरस्वती बस्नेतलाई नियुक्त गरेको हो ।  प्रदेश सरकारमा पहिलो पटक महिला मन्त्रीको रुपमा बस्नेतले सपथ लिएकी हुन् । 

    २०७४ सालमा प्रदेश मन्त्रिपरिषद गठन भए पनि एकजना पनि महिला मन्त्री थिएनन् । दोलखाबाट प्रदेश सांसद रहनुभएकी बस्नेत झण्डै चार दशकदेखि राजनीतिमा क्रियाशील छिन् । 

    बस्नेतको जन्म २०१९ सालमा दोलखा जिल्ला (हालको गौरीशंकर गाउँपालिका) मा भएको हो । विद्यार्थीदेखि नै राजनीतिमा सक्रिय बस्नेतले शिक्षण पेशाका साथै सामाजिक र राजनीतिलाई समेत सँगसँगै अघि बढाएकी थिइन् ।

    सामाजिक विकास मन्त्री सरस्वती बस्नेतको राजनीतिक यात्रा
    –२०३२ सालमा हलेश्वर निमाविमा ६ कक्षामा अध्ययनरत हुँदा अनेरास्ववियु प्रारम्भिक कमिटीमा आवद्ध भई त्यसपछि शान्ति आदर्श मावि लादुकमा पहिलो एसएलसी ब्याचको विद्यार्थी हुँदै विद्यार्थी राजनीतिमा उनी सक्रिय । 
    –अनेरास्ववियुको पाँचौ जिल्ला सम्मेलनबाट जिल्ला कोषाध्यक्ष निर्वाचित । २०३७ सालमा शिक्षण पेशामा आवद्ध र शिक्षक संगठनको राजनीति शुरु । 

    – शिक्षक संगठनसँग अनेमसंघको गाउँ कमिटी, गाउँ पार्टी कमिटीमा सँगै राजनीति । 

    – २०३७ सालदेखि अनेमसंघ जिल्ला कमिटीमा आबद्ध हुँदै सचिव र ३ कार्यकाल अध्यक्षपछि अनेमसंघको केन्द्रीय सदस्य ।

    – हाल केन्द्रीय सचिवालय सदस्य र बागमती प्रदेश अनेमसंघको सचिवको जिम्मेवारी ।

    – गाउँ पार्टी कमिटी, जिल्ला कमिटी राष्ट्रिय प्रतिनिधि परिषद सदस्य, अञ्चल कमिटी सदस्य हुँदै हाल प्रदेश कमिटी सदस्य एवम् राष्ट्रिय प्रतिनिधि परिषद सदस्य । 

    – २०७४ सालमा दोलखा जिल्लाबाट वागमती प्रदेश सभा सदस्य । 


    images
    images

    Logo