काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी रहेको छ ।
बुधबार नेप्से परिसूचक १६.९७ अंकले घटेर २८०१.१३ अंकमा सीमित भएको छ ।
आज १ करोड १६ लाखको कित्ता सेयर ४ अर्ब ५८ करोडमा खरिद बिक्रि भएको छ ।
त्यसैगरि आज ११६ वटा कम्पनीको सेयर मुल्य घट्दा ५४ वटा कम्पनीको बढेको छ भने १२ वटा कम्पनी स्थिर अवस्थामा रहेको छ ।
उपसमूहतर्फ विकास बैंक र माइक्रोफाइनान्सबाहेकका अन्य उपसमूहमा गिरावट देखिएको छ ।
यो दिनको कारोबारमा सबैभन्दा बढी कमाउने शीर्ष सिभिल लघुवित्त, सामूदायिक लघुवित्त, साधना लघुवित्त, इभरेष्ट इन्स्योरेन्सलगायतका कम्पनी छन् ।
त्यसैगरी सबैभन्दा बढी गुमाउने शीर्ष कम्पनीमा माथिल्लो तामाकोसी, युनाइटेड इदी मर्दी, राधी विद्युत्, शिव श्री हाइड्रोपावर, घलेम्दी हाइड्रो लिमिटेडलगायक कम्पनी छन् ।


