images
images

वनहर्ट वल्र्डवाइड संस्थाद्वारा दश लाखको स्वास्थ्य सामग्री सहयोग


  • 417
    SHARES
  • २०७८ आषाढ २३ गते बुधबार

    वनहर्ट वल्र्डवाइड संस्थाद्वारा दश लाखको स्वास्थ्य सामग्री सहयोग

    किमाथाङ्का । सङ्खुवासभाको जिल्ला अस्पताललाई रु १० लाखको स्वास्थ्य सामग्री सहयोग हस्तान्तरण भएको छ । वनहर्ट वल्र्डवाइड संस्थाले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला अस्पताल सङ्खुवासभालाई स्वास्थ्य सामग्री सहयोग गरेको हो  । वनहर्ट वल्र्डवाइडले कोभिड–१९ न्यूनीकरणका लागि सहयोग गर्ने उद्देश्यले रु १० लाख ६३ हजार ५७९ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो । 

    उक्त संस्थाले अक्सिजन कन्सन्ट्रेटर र ब्याट्रीसहित पाँच, भोल्टेज रेगुलेटर दुई, मास्क एक हजार ५००, मल्टीभिटामिन १८ हजार, फेस सिल्ड २४० थान, ग्लोब्स, पिपिईलगायत १६ प्रकारका विभिन्न स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेको वनहर्ट वल्र्डवाइड संस्थाका जिल्ला प्रतिनिधि प्रदीप घिमिरेले जानकारी दिए । 

    कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत वर्षसमेत वनहर्ट वल्र्डवाइड संस्थाले गरेको सहयोग सराहनीय भएको जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले बताए । जिल्लामा चार वर्षदेखि कार्यरत संस्था वनहर्ट वल्र्डवाइडले कोरोना महामारीलाई लक्षित गरेर स्वास्थ्य सामग्री सहयोग गरेकामा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शाक्यले धन्यवाद दिए । वनहर्ट वल्र्डवाइडले बर्थिङ सेन्टरको अध्ययन गरेर सामग्री दिनुमा निकै ठूलो भूमिका रहेको समेत उनले बताए । 

    त्यसैगरी कार्यक्रममा सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले तुलनात्मक रूपमा कोरोना सङ्क्रमितहरू नेपालमा पछिल्लो समय घट्ने क्रममा रहेको बताउँदै विभिन्न दाताले दिएको स्वास्थ्य सामग्रीलाई सही ढङ्गले सदुपयोग गर्नसमेत अनुरोध गरे । 


    images

    Logo