काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) ले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । राससले शुक्रबार सूचना जारी गर्दै कार्यकारी सम्पादकदेखि समाचार सहायकसम्मका लागि कर्मचारी माग गरेको छ ।
इच्छुक तथा योग्यता पुगेका नागरिकले जेठ ११ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । साथै, दोब्बर दस्तुर तिरेर जेठ १८ गतेसम्म आवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।
