images
images

महासंघ पदाधिकारी प्रतिनिधिमण्डल र श्रम मन्त्री बीच भेटवार्ता


  • 322
    SHARES
  • २०८० बैशाख २६ गते मंगलबार

    महासंघ पदाधिकारी प्रतिनिधिमण्डल र श्रम मन्त्री बीच भेटवार्ता

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग भेटवार्ता गरेका छन् । मंगलवार अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले मन्त्रालयमा भेटवार्ता गरेका हुन् । 

    उक्त भेटवार्तामा महासंघका अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र मन्दीतर्फ गएको संकेत तथ्यांकहरुले पुष्टि गरीसकेकाले यो अवस्थामा उद्योग व्यवसाय संचालन र रोजगारीमा पर्न सक्ने प्रभावको न्यूनिकरण गर्न र सम्भावित समस्या सामना गर्न सरकार र निजी क्षेत्रको बलियो सहकार्यमा जोड दिए । 

    अध्यक्ष ढकालले श्रम बजारको माग अनुसारको शीप विकासमा गर्नुपर्नेमा जोड दिए । वैदेशिक रोजगारीमा जांदा लिइने केही अव्यवहारिक नीति नियमको पुनरावलोकन हुनुुपर्नेमा पनि मन्त्री भण्डारीको ध्यानाकर्षण गराए । 

    महासंघसंगको भेटमा मन्त्री भण्डारीले महासंघकातर्फबाट राखिएका सुुझावका सम्बन्धमा मन्त्रालयका तर्फबाट गर्नुपर्ने नेतृत्वदायी भूमिकामा रहेर सहयोग गर्न आफू सकारात्मक रहेको स्पष्ट पारे ।

    मन्त्री भण्डारीले वैदेशिक रोजगारसंग सम्बन्धित नीति नियमलाई व्यवहारिक बनाउन आफू तयार रहेको र शीप विकास लगायतका श्रम क्षेत्रका सवै विषयमा निजी क्षेत्रको सरसल्लाहमा छलफल गरी काम गर्ने विश्वास दिलाए । 

    प्रतिनिधिमण्डलमा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्ष सुरकृष्ण वैद्य, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ र महानिर्देशकको सहभागिता रहेको थियो । 


    images

    Logo