काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त लघुवित्त व्यवस्थापन तथा सञ्चालनका लागि जनशक्ती माग गरेको छ । राष्ट्र बैंकले बिहीबार सुचना जारी गर्दै समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन तथा सञ्चालनका लागि जनशक्री माग गरेको हो ।
समस्याग्रस्त सुपर लघुवित्त सञ्चालनका लागि राष्ट्र बैंकले १ जना संयोजक र १ जना सदस्य माग गरेको छ । उक्त पदका लागि इच्छुक तथा योग्यता पुगेका नागरिकले जेठ १७ गतेभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
